सुनको मूल्य बढ्दा चाँदी सस्तियो, तोलाको कतिमा हुँदैछ आज कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढ्दा चाँदीको भाउ घटेको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार बढेको सुनको भाउमा आज पनि बढोत्तरी देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको दुई लाख ८८ हजार रुपैयाँ कायम भएको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ८७ हजार चार सय रूपैयाँमा खरिदबिक्री भएको थियो ।
