दिक्षा (गौरी) हाडा मेमोरियल फाउन्डेसनको निःशुल्क स्वास्थ्य शिविरबाट सर्वसाधारण लाभान्वित
भक्तपुर । दिक्षा (गौरी) हाडा मेमोरियल फाउन्डेसन, नेपालद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट १६५ जना सर्वसाधारण लाभान्वित भएका छन्। शनिबार आयोजित शिविरमा दन्त परीक्षण, रक्तचाप (ब्लड प्रेसर) परीक्षण, मधुमेह (सुगर) परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको फाउन्डेसनका अध्यक्ष राजेश हाडाले जानकारी दिए।
