इङ्ल्यान्डलाई फिफा विश्वकप २०२६ को सेमिफाइनलमा
काठमाडाैं । अतिरिक्त समयमा दुई गोल गर्दै इङ्ल्यान्डलाई फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ । मियामीमा भएको रोमाञ्चक क्वाटरफाइनलमा इङ्ल्यान्डले नर्वेलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो। विश्वकप इतिहासमै पहिलो पटक क्वाटरफाइनल पुगेको नर्वेले खेलको सुरुआतमै अग्रता लिएको थियो। आन्द्रियास शेल्देरुपले गोल गर्दै नर्वेलाई अप्रत्याशित अग्रता दिलाएका थिए।
