मोबाइल व्यवसायीका समस्या संसद्मा उठाउने सांसद सीता थपलियाको प्रतिबद्धता
काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला)ले मोबाइल व्यवसायसँग सम्बन्धित कानुनी तथा नीतिगत समस्याहरू समाधान गर्न आफूले संसद् र नीति निर्माण तहमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । नेपाल मोबाइल व्यवसायी महासंघको पाँचौँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सांसद थपलियाले मोबाइल व्यवसायीहरूले भोगिरहेका विभिन्न समस्या आफूले नजिकबाट बुझेको बताइन् ।
