SHARE
पर्दाफास · बुधबार ११ भौ २०८२ ०१:०८ PM · 1 मिनेट पढाइ

बर्दिवासबाट बिलविजक नभएको ४६ लाखभन्दा बढीको संचार सामाग्री बरामद

महोत्तरीको बर्दिवास नगरपालिका–९, रातुखोला किनारस्थित बगर इलाकाबाट सशस्त्र प्रहरीले करिब ४६ लाख ५० हजार रुपैयाँ बराबरको संचार सामाग्री बरामद गरेको छ। मधेश प्रदेश ०२–००१ स ५२४८ नम्बरको ई–रिक्सामा लोड गरी ल्याइएको सो सामानसँग आवश्यक कागजात तथा बिलविजक थिएन।