SHARE
मेट्रो न्युज काठमाडौं · शनिबार २७ असार २०८३ ०५:३१ PM · 1 मिनेट पढाइ

वडा नं. १८ ले तपिंताँ पार्कमा काठमाडौँ महानगरपालिकाका संस्थापक प्रमुख स्वर्गीय सिंहको प्रतिमा राख्यो : कार्यवाहक प्रमुखबाट अनावरण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा १८ ले तपिंताँ पार्कमा महानगरपालिकाका पूर्व प्रमुख स्वर्गीय प्रेमलाल सिंह (पीएल सिंह) को प्रतिमा राखेको छ । आज एक कार्यक्रम बिच महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, प्रतिमा अनावरण गर्नुभयो । कार्यक्रममा स्वर्गीय सिंहको स्मृतिमा १ मिनेट मौन धारण गरिएको थियो । यस्तै प्रतिमामा पुष्पगुच्छा अर्पण गरिएको थियो । यस क्रममा कार्यवाहक प्रमुख डंगोलसहित वडाध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्यहरु, सिंहका परिवारका सदस्यहरु र स्थानीयबासी सहभागी हुनुहुन्थ्यो ।  करिब ९ लाख ३८ हजार रुपियाँ लागतमा निर्माण भएको धातुको प्रतिमा मूर्तिकार श्याम तुलाधरले बनाउनुभएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं