SHARE
कर्पोरेट समाचार · शनिबार २७ असार २०८३ ०९:५३ AM · 1 मिनेट पढाइ

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए रकम

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिव शिखर सहकारीका ९६ जना पिडितले बचत फिर्ता पाएका हुन्। हालसम्म शिव शिखर सहकारीका १२१३ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् । पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार