SHARE
बासुरी खबर · सोमबार ९ भौ २०८२ ०२:४६ AM · 1 मिनेट पढाइ

हरितालिका तीज शुरु, आज दर खाने दिन

काठमाडौँ । हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै छ । दर खाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकार खाँदै रमाइलो गर्ने चलन छ । दर खाएको भोलिपल्ट तीजको दिन निराहार व्रत बस्ने चलन भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने चलन छ ।