SHARE
बासुरी खबर · मङगलबार १० भौ २०८२ १२:५० PM · 1 मिनेट पढाइ

भोटेकोशीमा बोलेरो दुर्घटना, दुई जना बेपत्ता

सिन्धुपाल्चाेक । भोटेकोशी गाउँपालिका–४ हिन्दीमा मंगलबार बोलेरो दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन्। अरनिको राजमार्ग अन्तर्गत हिन्दीमा दिउँसो करिब साँढे तिन बजे तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा २१ च ७५४४ नम्बरको बोलेरो सडकबाट करीब २० मिटर तल भोटेकोशी नदीमा खसेको प्रहरीले जनाएको छ।