राधास्वामी होल्डिङ सेन्टर बाढीले जलमग्न, व्यवस्थापन नगरेको भन्दै भूमिहीनको गुनासो
काठमाडौं । कीर्तिपुरस्थित राधास्वामी सत्सङ होल्डिङ सेन्टरमा बाढी पसेर जलमग्न भएको छ । शुक्रबार राति १२ बजेदेखि नै होल्डिङ सेन्टरमा पानी पसेपछि त्यहाँ बस्दै आएका भूमिहीन तथा सुकुम्बासी प्रभावित भएका छन् । सुकुम्बासी भूमिहीन अभियन्ता दलमर्दन कामीले सरकारले उचित व्यवस्थापन नगरी आफूहरूलाई समस्यामा पारेको आरोप लगाए ।
