विपिन रिहाइको पहलका लागि थप प्रयत्न गर्न आमा र बहिनीको परराष्ट्रमन्त्रीसँग आग्रह
काठमाडौँ, ८ भदौः प्यालेस्टाइनको हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइमा जारी राखेको पहलका लागि विपिनकी आमा र बहिनीले परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई धन्यवाद दिँदै आगामी दिनमा थप पहल गर्न आग्रह गर्नुभएको छ ।
