प्रधानसेनापति सिग्देल थाइल्याण्ड जानुहुँदै
काठमाडौँ, । प्रधानसेनापति अशोकराज सिग्देलले थाइल्याण्डको हुआ हिनमा आयोजना हुने रक्षा प्रमुख सम्मेलनमा भाग लिन जानुहुने भएको छ । शाही थाई सशस्त्र बलको सहकार्यमा अमेरिकी सेनाको इण्डो–प्यासिफिक कमाण्डद्वारा यही भदौ १० देखि १२ गतेसम्म हुने उक्त सम्मेलनमा भाग लिन उहाँ सोमबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
