SHARE
Samata Press · शनिबार २७ असार २०८३ ०९:४८ AM · 1 मिनेट पढाइ

शितगंगामा बजार अनुगमन, कमजोरी सुधार गर्न व्यवसायीलाई चेतावनी

अर्घाखाँची। घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले बजार अनुगमनलाई तीव्रता दिएको छ ।  कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम अनुसार सितगंगा नगरपालिका विभिन्न बजारमा अनुगमन तथा निरीक्षण गरिएको छ ।  अनुगमन सितगंगा नगरपालिकाका हिलेखोला चाक्ला बजारमा रहेका होटलहरू अनुगमन गरिएको हो। अनुगमनको क्रममा केही पसलहरुको नवीकरण नगरिएको, मिसावट युक्त तेल र खाध सामग्री प्रयोग गरिएको उपभोक्तालाई प्रत्यक्ष असर पार्ने तेल लगायतका सामग्री प्रयोग गरिएको, पसलको पुँजी वृद्धि नगरिएको, म्याद गुज्रिएको सामानहरु भेटिएको थियो। त्यस्तै, कतिपय पसलमा  मूल्यसूची नराखिएको पसलहरुमा मूल्यसूची अनिवार्य राख्नु पर्ने नवीकरण तथा पुँजी वृद्धिको लागि  म्याद दिइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दुर्गा न्यौपानेले जानकारी दिए। अनुगमनका क्रममा होटलमा उपभोक्तालाई प्रत्यक्ष असर पार्ने उपभोक्ताले सधैँ प्रयोग गर्ने खाना लगायतका अन्य सामग्रीमा मिसावट युक्त खाना सरसफाइदेखि अन्य कमजोरी देखिएको छ।