चिया क्षेत्रको संकट समाधानका लागि सरकारलाई कार्यदलले बुझायो प्रतिवेदन, तीन चरणमा समस्या सुझाउन सुझाव
काठमाडौं। नेपालको चिया क्षेत्रमा देखिएका समस्या समाधान तथा निर्यात प्रवर्द्धनका लागि गठित विशेष अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवसमक्ष पेश गरेको छ। मन्त्रालयका सहसचिव बुद्धबहादुर गुरुङको संयोजकत्वमा गठित ९ सदस्यीय कार्यदलले दुई साताको अवधिमा प्रतिवेदन तयार गरी आज मन्त्री यादवलाई हस्तान्तरण गरेको हो।
