कामना सेवा विकास बैंकद्वारा त्रिपुरेश्वर माविलाई पानी ट्याङ्की र वाटर प्युरिफायर हस्तान्तरण
सुर्खेत । कामना सेवा विकास बैंक लिमिटेडले सुर्खेतको वीरेन्द्रनगरमा एक विद्यालयलाई खानेपानी सम्बन्धी सामग्री सहयोग गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीरेन्द्रनगर नगरपालिका वडा नं.१, धोदेखालीस्थित त्रिपुरेश्वर माध्यमिक विद्यालयलाई एक थान पानी ट्याङ्की तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेको हो।
