SHARE
Samata Press · शुक्रबार​ २६ असार २०८३ ०५:४५ PM · 1 मिनेट पढाइ

निर्वाचन अघि सत्ता पक्षले नेपाली युवालाई आफ्नै देशमा रोजगारी सृजना गर्ने ठूलो बाचा गरेको थियो : प्रमुख सचेतक ओली

काठमाडौँ । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले सरकारले हालसम्म पनि रोजगारी अवसर सृजना गर्ने कार्ययोजना समेत प्रश्तुत गर्न नसकेको दाबी गरेकी छिन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्दै प्रमुख सचेतक ओलीले देशमा रोजगारीको अवसर सृजना गर्ने भन्ने बाँचाका साथ बनेको सरकारले सोही कार्य गर्नका लागि हालसम्म पनि कार्ययोजना नै ल्याउन नसक्ने बिडम्वनापूर्ण भएको पनि बताइन् । ‘निर्वाचन अघि सत्ता पक्षले नेपाली युवालाई आफ्नै देशमा रोजगारी सृजना गर्ने ठूलो बाचा गरेको थियो । तर सरकार गठन भएको सय दिन वितिसक्दा सय जना युवा पनि रोजगारीको आशामा विदेशबाट फर्किएको देखिँदैन । किनभने सरकारले रोजगारी सृजना गर्ने कार्य योजना आजसम्म प्रश्तुत गर्न सकेको छैन ।