गणेश नेपालीको आत्मदाह घटनाप्रति थापाको प्रश्न- नागरिकले आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन आयो?
काठमाडौँ । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाप्रति सरकारको जवाफ माग गरेकी छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले गणेश नेपालीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उक्त घट्नामा प्रधानमन्त्री मैन बसेको भन्दै आपत्ति जनाइन्। जीवनसाथी, सन्तान र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिन्। उनले सरकार नागरिकका पीडा सम्बोधन गर्न गम्भीर नभएको आरोप लगाइन्।
