तत्कालिन मुख्यसचिव अर्यालसहित १२ जना संलग्न रहेको अन्तःशुल्क स्टिकर छपाइ प्रकरणको मुद्दामा अख्तियारको पुनरावेदन
अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको अभियोगबाट तत्कालीन मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहितका प्रतिवादीलाई सफाइ दिएको विशेष अदालतको फैसलाविरूद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ।
