गणेश नेपालीबारे चिकित्सकले भने- के हुन्छ भनेर अनुमान लगाउनै सकिदैन
काठमाडौँ। त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् । उनको अहिले वीर अस्पतालको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको अवस्थामा उनको उपचार भइरहेको हो। नेपालीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन वीर अस्पतालले शुक्रबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा विशेषज्ञ टोली २४ सै घण्टा उपचारमा खटिएको जनाएको छ।
