SHARE
मेट्रो न्युज काठमाडौं · बिहीबार २५ असार २०८३ ०९:२९ PM · 1 मिनेट पढाइ

नीति, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक, संशोधनसहित प्रस्तावित विधेयक र सुझावसहित प्रतिवेदन पारित गर्दै नगर सभा १९ औँ अधिवेशसन सम्पन्न 

काठमाडौँ । काठमाडौँ महानगरपालिका, नगर सभा १९ औँ अधिवेशन सम्पन्न भएको छ । जेठ ३१ ग्ते सुरु भएको अधिवेशनको आज बसेको छैटौँ बैठकसँग सकिएको हो ।  आजको बैठकमा नगर सभाको चौथो र पाँचौ वैठकमा पेश भएका संशोधन विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल भएको थियो । त्यस क्रममा विधायन समितिका सदस्य हुमादेवी आचार्यले विद्यमान कानुनहरुमा समसामयिक संशोधन सम्बन्धी विधेयकका प्रस्तावित व्यवस्था पेश गर्नुभएको थियो ।  यसरी पेश गरिएका विषयमाथि नगर सभा सदस्यहरु विमलकुमार होडा, सन्तोष ढुङ्गेल, मचाराजा महर्जन, सुरेश मानन्धर र रोजिना श्रेष्ठले धारणा राख्नुभएको थियो । यसरी राखिएका धारणा, लिखित संशोधन प्रस्तावलाई समेटेर सभाका अध्यक्ष एवं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सभामा निर्णयार्थ पेश गर्नुभएको थियो । यी विधेयकसँगै सभाको पाँचौँ वैठकमा पेश भएका न्यायिक समिति, लेखा समिति र सुशाशन समितिको वार्षिक प्रतिवेदनमाथि सभाका सदस्यहरुले दिनुभएको सुझाव समेटेर निर्णयका लागि पेश भएका थिए ।  पेश भएका प्रस्तावहरु सर्वसम्मत पारित भएपछि सभाध्यक्ष डंगोलले नगर सभाको वैठक सम्पन्न भएको घोषणा गर्नुभएको थियो । यससँगै उहाँले, स्वीकृत कार्यक्रमहरुको सफल कार्यान्वयनबाट मतदाता, महानगरबासी र राजधानी सहर आश्रित व्यक्तिहरुको हित, उपयोग र सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न सम्बद्ध सबैसँग अपेक्षा राख्नुभयो ।  यस वर्ष नगर सभा १९ औँ अधिवेशनका बैठक जेठ ३१ गते सुरु भएको हो । त्यस बैठकमा कार्यवाहक प्रमुख डंगोलले, आर्थिक वर्ष २०८३/०८४ का लागि ११ क्षेत्रका १०१ बुँदामा नीति प्रस्ताव गर्नुभएको थियो । यसरी पेश गर्नुभएको प्रस्तावमाथि असार १ गते बसेको अधिवेशनको दोस्रो वैठकले सर्वसम्मत पारित गर्‍यो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं