SHARE
Samata Press · बिहीबार २५ असार २०८३ ०९:३९ PM · 1 मिनेट पढाइ

सुकुम्वासी प्रकरणमा रक्षा बमको प्रधानमन्त्रीलाई आग्रह– ‘ढिलो नहुँदै तपाईँभित्रको मान्छे जागोस्’

काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमले सुकुम्वासी बस्ती हटाउने विषयलाई लिएर प्रधानमन्त्रीमाथि कटाक्ष गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रधानमन्त्रीले ज्ञान र संस्कृतका श्लोकको चर्चा गर्ने गरे पनि त्यसलाई व्यवहारमा उतार्न नसकेको टिप्पणी गरेकी हुन् । बमले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै फेसबुकमा संस्कृतका श्लोक लेख्दैमा कोही ज्ञानी नहुने उल्लेख गरेकी छन् । ती श्लोकले मानिसलाई संवेदनशील, करुणामय र पीडामा परेकाको साथ दिन सिकाउने भएकाले त्यसलाई व्यवहारमा पनि लागू गर्न आग्रह गरेकी छन् । उनले प्रधानमन्त्रीको नेतृत्वमा सरकारले सुकुम्वासीको गाँस र बास खोसेको तथा श्रम गरेर जीवनयापन गर्ने वर्गको बाँच्ने आधार नै समाप्त गरेको आरोप लगाएकी छन् ।