SHARE
कर्पोरेट समाचार · बिहीबार २५ असार २०८३ ११:३३ AM · 1 मिनेट पढाइ

फ्रान्सका राजदूतसँग उपराष्ट्रपति यादवको शिष्टाचार भेट

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभलले बिहीबार शिष्टाचार भेट गरेका छन्। भेटमा नेपाल–फ्रान्स सम्बन्धका विभिन्न आयाम तथा द्विपक्षीय सहयोगका विषयमा छलफल भएको छ। उपराष्ट्रपतिको कार्यालयमा भएको भेटवार्तामा उपराष्ट्रपति यादवले नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता पारस्परिक सम्मान, सहयोग र मैत्रीमा आधारित सम्बन्ध निरन्तर सुदृढ हुँदै गएको बताए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार