सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी संशोधन विधेयक राष्ट्रियसभाबाट पारित
काठमाडौं। राष्ट्रियसभाले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित गरेको छ। बिहीबार बसेको राष्ट्रियसभा बैठकले अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको उक्त विधेयक प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएपछि सर्वसम्मतिले पारित गरेको हो। अब विधेयक थप प्रक्रियाका लागि प्रतिनिधिसभामा फिर्ता पठाइनेछ। विधेयकमाथि छलफलका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रस्ताव पेस गरेका थिए।
