माओवादी नेताहरू बिचौलिया र दलाल जस्ता भए : प्रचण्ड
काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रका कतिपय नेताहरू बिचौलिया र दलाल प्रवृत्तिमा लागेकै कारण पार्टी कमजोर बनेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको आर्थिक उत्पादन विभागको पहिलो बैठकमा बोल्दै उनले शान्ति प्रक्रियापछि नेताहरू समाजवादी बन्नुको सट्टा व्यक्तिगत स्वार्थमा केन्द्रित भएको टिप्पणी गरे ।
