राष्ट्र बैंकले सार्वजनिक बिदामा पनि भुक्तानी सेवा खुला राख्ने
काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको अन्तिम समयमा भुक्तानी प्रणालीलाई सहज बनाउन असार २७ र २८ गतेको सार्वजनिक बिदाका दिन पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस)’ प्रणाली सञ्चालन गर्ने भएको छ।
