जरिवाना नतिर्ने २ लाख ६१ हजार चालकको लाइसेन्स नविकरण र सवारी नामसारी रोक्का
काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गरेबापतको जरिवाना रकम नतिर्ने २ लाख ६१ हजारभन्दा बढी सवारीचालकको यातायातसम्बन्धी सेवा रोक्का गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार लामो समयदेखि जरिवाना रकम राज्यकोषमा दाखिला नगरेका चालकलाई यातायात व्यवस्था कार्यालयबाट प्रदान हुने विभिन्न सेवाबाट वञ्चित गरिएको हो ।
