नेपालको स्वास्थ्य क्षेत्रमा नर्वेको सहयोग निरन्तर रहने
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि नर्वेका राजदूत महामहिम ड्याग्नी म्योसबीच भेटवार्ता भएको छ । बिहिबार मन्त्रालयमा उनीहरुबिच भेटवार्ता भएको हो । भेटका क्रममा नेपाल–नर्वेबीचको द्विपक्षीय सम्बन्ध तथा स्वास्थ्य क्षेत्रमा भइरहेको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
