SHARE
Samata Press · बिहीबार २५ असार २०८३ १०:०५ AM · 1 मिनेट पढाइ

मुख्यसचिव नियुक्तिको आधार : ज्येष्ठता, कार्यक्षमता कि प्रधानमन्त्रीको निगाहा ?

नेपालको निजामती प्रशासनमा मुख्यसचिव पद केवल एउटा प्रशासनिक जिम्मेवारी होइन, यो समग्र कर्मचारीतन्त्रको नेतृत्व गर्ने सर्वोच्च पद हो । त्यसैले यो पदमा को पुग्छ भन्ने प्रश्न केवल एउटा व्यक्तिको बढुवा वा नियुक्तिसँग सीमित हुँदैन, यसले सम्पूर्ण प्रशासनिक संरचना, कर्मचारीको मनोबल र भविष्यका लागि स्थापित हुने परम्परालाई समेत प्रभाव पार्छ । यस पटक सरकारले ३३ जना वरिष्ठ सचिवलाई पछि पार्दै ३४औँ वरियतामा रहेका सचिव गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गरेपछि यही विषय राष्ट्रिय बहसको केन्द्रमा पुगेको छ ।