आईपीओ जारी गर्ने तयारीमा ईस्ट सोलार, बिक्री प्रबन्धकमा नेश्नल क्यापिटल
काठमाडौं। सौर्य ऊर्जा क्षेत्रमा सक्रिय ईस्ट सोलार लिमिटेडले झापास्थित ५ मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना निर्माण सम्पन्नसँगै प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेको छ। कम्पनीले आईपीओ निष्कासन प्रक्रियालाई अघि बढाउने उद्देश्यले बुधबार नेश्नल क्यापिटल नेपाललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गर्दै सम्झौता गरेको हो।
