भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
काठमाडौं । सरकारले कैलालीस्थित गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गेटा अस्पताललाई शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।
