६ ठूला सिँचाइ आयोजना एकीकृत डिजिटल पोर्टलमा आबद्ध, कार्यप्रगतिको निगरानी सिधै मन्त्री र सचिवले गर्ने
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको प्रगति, बजेट परिचालन र समस्या व्यवस्थापनलाई प्रभावकारी बनाउन एकीकृत डिजिटल अनुगमन पोर्टल सञ्चालनमा ल्याएको छ । मन्त्रालयका अनुसार पहिलो चरणमा सिक्टा, रानी जमरा–कुलरिया, भेरी–बबई, सुनकोशी–मरिन, महाकाली र बबई सिँचाइ आयोजना डिजिटल पोर्टलमा समावेश गरिएको छ।
