मधेशमा लोडसेडिङ सुरु भयो : सांसद यादव
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद शिवशंकर यादवले मधेशमा लोडसेडिङ सुरु भएको बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘म भर्खर आज १० बजे मधेशबाट काठमाडौं आएको छु । र मधेशका जनताहरूले आज फेरि पनि एक चोटी लोडसेडिङ भएको महसुस गरिरहेको अवस्था छ’, प्रतिनिधिसभामा बोल्दै उनले भने । मधेश प्रदेशमा पटक–पटक बत्ती जाने समस्या रहेको दोहोर्याउँदै उनले यसमा सरकारको ध्यानाकर्षण गरे । ‘मेरो जिल्लाको सिराहा जिल्लामा २८ ठाउँमा ट्रान्फर्मरको आवश्यकता छ ।
