अब जात लुकाएर बाँच्न नपरोस् : सांसद सेन्चुरी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्मृति सेन्चुरीले नेपाली समाजमा रहेको जातीय विभेदको जालो तोड्नका लागि राज्यले अग्रसरता लिनुपर्ने बताएकी छन् । दलित भएकै कारण काठमाडौंमै कोठा भाडामा नपाइने समस्या रहेको पनि सांसद सेन्चुरीको भनाइ थियो । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद सेन्चुरीले समाजमा दलित भएका कारणले गर्दा बाँच्न मुस्किल पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताएकी हुन् ।
