दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्थाबीच रणनीतिक साझेदारी
काठमाडौं। कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मनीको वित्तीय संस्था ‘डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसन’सँग रणनीतिक परियोजना सम्झौता गरेको छ । सेवा, प्रक्रिया र रणनीतिक साझेदारीमार्फत दिगो विकासमा प्रतिबद्ध बैंकले वित्तीय क्षेत्रको सामाजिक तथा पारिस्थितिकीय रूपान्तरण अभियानअन्तर्गत उक्त सम्झौता गरेको हो।
