अघि बढ्यो सडक सुरक्षा विधेयक, राजमार्ग मर्मतका लागि असारभित्र ठेक्का आह्वान हुने
काठमाडौं। पूर्वाधार विकास समितिले सडक सुरक्षा विधेयकलाई कानुन निर्माण प्रक्रियामा अघि बढाउने निर्णय गरेको छ। समितिका सभापति आशिष गजुरेलले विधेयकको मस्यौदा आवश्यक परिमार्जन गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउन अनुरोध गरिएको जानकारी दिएका छन् । बुधबार बसेको समितिको बैठकमा सभापति गजुरेलले सडक सुरक्षा सम्बन्धी कानुनी व्यवस्था प्रभावकारी बनाउन विधेयकलाई अगाडि बढाइएको बताए ।
