महासंघको वस्तुगत उपाध्यक्षमा मोहन कटुवाल निर्विरोध
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको २६औँ राष्ट्रिय महाधिवेशनबाट वस्तुगततर्फको उपाध्यक्ष पदमा मोहन कटुवाल निर्विरोध चयन भएका छन्। कटुवाल नेपाल ग्रील तथा स्टील उद्योग महासंघका संस्थापक अध्यक्षसमेत हुन्। उनी लामो समयदेखि स्वरोजगार तथा साना उद्योग क्षेत्रसँग आबद्ध रहँदै आएका छन्।
