SHARE
Samata Press · बुधबार २४ असार २०८३ ११:१७ AM · 1 मिनेट पढाइ

सन्तानले अनिवार्य हेरचाह गर्नुपर्नेदेखि विशिष्ट स्वास्थ्य सेवासम्म: यस्तो छ सरकारको नयाँ ज्येष्ठ नागरिक नीतिको मस्यौदा

काठमाडौँ । सरकारले ज्येष्ठ नागरिकको अधिकार संरक्षण, सामाजिक सुरक्षा र सम्मानित जीवन सुनिश्चित गर्न ‘राष्ट्रिय ज्येष्ठ नागरिक नीति, २०८३’ को मस्यौदा तयार पारेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले समयसापेक्ष सुधारसहित तयार पारेको यो नीतिले बदलिँदो जनसाङ्ख्यिक बनोट र ज्येष्ठ नागरिकका नयाँ चुनौतीलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ । जनसङ्ख्याको हिस्सा बढ्दै जाँदा व्यवस्थापन राज्यका लागि मुख्य चुनौती मस्यौदा प्रतिवेदनअनुसार, नेपालमा ज्येष्ठ नागरिकको सङ्ख्या तीव्र रूपमा बढिरहेको छ ।