SHARE
Samata Press · बुधबार २४ असार २०८३ १०:५४ AM · 1 मिनेट पढाइ

मानव अधिकार आयोगलाई टेर्दैन सरकार, १३ प्रतिशत सिफारिस मात्रै कार्यान्वयन

काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले गरेका सिफारिस कार्यान्वयनमा सरकारले अटेरी गर्दै आएको छ।  बुधबार प्रतिनिधि सभाअन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा आयोगले सरकारले सिफारिसहरू कार्यान्वयन नगरेको गुनासो गरेको हो। बैठकमा आयोगका अध्यक्ष तपबहादुर मगरले भने- ‘हाम्रो सिफारिस कार्यान्वयन भैराखेको छैन। कुल सिफारिसको १३ प्रतिशत कार्यान्वयन भएको छ ।  ५२ प्रतिशत कार्यान्वयन छैन । बाँकी आंशिक कार्यान्वयनमा छ ।’ संसदको कानून न्याय तथा मानवअधिकार समितिले आयोगसँग ‘मानव अधिकारको वर्तमान अवस्था र आयोगको भूमिका’बारे बहस गर्न आयोगका पदाधिकारीहरुसँग छलफल गरेको हो । छलफलमा आयोगका अध्यक्ष मगरले सिफारिस कार्यान्वयनको अवस्थाबारे जानकारी गराएका हुन् ।