SHARE
Samata Press · बुधबार २४ असार २०८३ ०८:५५ AM · 1 मिनेट पढाइ

काठमाडौँ उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्

ललितपुर। बर्डफ्लु सङ्क्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोकमा भने जोखिम अझै कायम रहेको छ । पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवनलगायतका जिल्लामा सङ्क्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ ।