नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुर र टेकनारायण मुख्य कसुरदार, बालकृष्णलाई ‘मतियार’को सजाय
काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ ठगी गरिएको बहुचर्चित प्रकरणमा काठमाडौँ जिल्ला अदालतले ऐतिहासिक फैसला सुनाएको छ । न्यायाधीश तेज बहादुर खड्काको इजलासले पूर्व उपप्रधानमन्त्री एवम् नेकपा (एमालेे)का नेता टोपबहादुर रायमाझी, पूर्व गृह सचिव टेकनारायण पाण्डे र पूर्व गृहमन्त्री एवम् एमाले उपाध्यक्ष रामबहादुर थापाका सल्लाहकार इन्द्र जित राईसहित मुख्य अभियुक्तलाई दोषी ठहर गरेको हो । यद्यपि, पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई भने मुख्य अभियुक्त नभई अपराधमा सहयोग पुर्याएको भन्दै ‘मतियार’का रूपमा मात्र दोषी ठहर गरिएको छ ।
