बेलहिया नाकाको पार्किङ र ट्राफिक व्यवस्थापन गरिने
सिद्धार्थनगर (भैरहवा)। अन्तरराष्ट्रिय सीमानाका बेलहियामा ट्राफिक, पार्किङ, यात्रु आवागमन, मालवाहक सवारी व्यवस्थापन तथा सुरक्षा प्रबन्ध सुधार गर्न प्रशासनले पहल थालेको छ। भारतीय सवारीसाधनको जथाभावी पार्किङ र भारतीय नम्बर प्लेटका ट्याक्सीले नेपालभित्र यात्रु ओसारपसार गरिरहेका गुनासो बढेपछि व्यवस्थापन प्रक्रिया अघि बढाइएको हो।
