औद्योगिक क्षेत्रका मजदुरहरूको अवस्था कस्तो छ भनेर अध्ययन गरिरहेका छौं : सभापति अन्सारी
काठमाडौं। प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले देशभरका औद्योगिक क्षेत्रको अवस्था अध्ययन गरी आवश्यक नीतिगत सुधारका लागि समिति सक्रिय हुने बताएका छन्।
