भरतपुर अस्पताललाई बिमा बापतको ९२ करोड बढी भुक्तानी
चितवन । भरतपुर अस्पतालले ९२ करोड ३६ लाख ४२ हजार ९४७ रुपैयाँ भुक्तानी पाएको छ । बिमा गरेका सेवाग्राहीसँग अस्पतालले असुल गर्नुपर्ने उक्त रकम बिमा बोर्डले उपलब्ध गराएको हो । स्वास्थ्य संस्थाका बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेल उपचारवापत अझै ३६ करोड असुल हुन बाँकी रहेको जानकारी दिए।
