सन् २०२९ सम्म एडिबीको नेपालमा ऋण लगानी ३ खर्ब २० अर्ब रुपैयाँ पुग्ने
काठमाडौं । नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा रहेको एसियाली विकास बैंक (एडिबी)ले नेपालमा आफ्नो सहयोग विस्तार गरिरहेको छ । यसै सन्दर्भमा एडिबीले नेपालमा सन् २०२९ सम्म आफ्नो सहयोग २.४ बिलियन अमेरिकी डलर (करिब ३ खर्ब २० अर्ब नेपाली रुपैयाँ) पुग्ने बताएका छन्।
