SHARE
मेट्रो न्युज काठमाडौं · सोमबार ९ भौ २०८२ १२:०२ AM · 1 मिनेट पढाइ

काठमाडौंमा डेंगी नियन्त्रणका लागि "वाक एन्ड एक्ट" मेगा अभियान सम्पन्न

काठमाडौं- काठमाडौं महानगरपालिकाले डेंगी रोगको रोकथाम र नियन्त्रणका लागि एकदिने "वाक एन्ड एक्ट" मेगा अभियान सफलतापूर्वक सम्पन्न गरेको छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले श्रावण महिनालाई डेंगी रोग सचेतना महिनाको रूपमा मनाउने निर्णयअनुसार गत महिना नियमित अभियान सञ्चालन गरिएको थियो। तथापि, डेंगी रोगको प्रकोप बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै महानगरपालिकाले हरेक शुक्रबार लामखुट्टेको बासस्थान खोजी र नष्ट गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ। राष्ट्रिय सभा गृहबाट सुरु भएको यो अभियानमा महानगरका सबै वडाहरूमा एकसाथ लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने, माइकिङमार्फत जनचेतना फैलाउने, र्‍यालीको क्रममा भेटिएका लामखुट्टेका प्रजननस्थलमा रहेका अण्डा र लार्भा नष्ट गर्ने, साथै आमनागरिकलाई सचेत गराउने कार्य गरिएको छ। अभियानमा महानगरका विभागीय प्रमुखहरू, स्वास्थ्य विभागका कर्मचारी, जनप्रतिनिधि, स्थानीयवासी र विभिन्न सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं