SHARE
अर्थ संवाद · सोमबार ९ भौ २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

तोलामा २ हजार ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले बढेको हो  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार आज १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज बढेर तोलाको १ लाख ९७ हजार ५ सय रुपैयाँ पुगेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला २ हजार  ३५० रुपैयाँमा कायम भएकोे छ ।