२५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक
काठमाडाैं । तरलता व्यवस्थापनका लागि २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘ङ’’ निष्कासन गर्ने भएको हो । राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार उक्त ऋणपत्रको बोलकबोल २०८३ असार २३ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुनेछ। सोही दिन ऋणपत्र निष्कासन पनि गरिनेछ।
