एनपीएल तेस्रो संस्करण : क्याटेगोरी ‘सी’का १७ खेलाडी विभिन्न फ्रेन्चाइज टोलीमा अनुबन्ध
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको खेलाडी अक्सन सुरु भएसँगै पहिलो चरणको क्याटेगोरी ‘सी’ मा १७ खेलाडी विभिन्न फ्रेन्चाइज टोलीमा अनुबन्ध भएका छन्। विराटनगर किङ्स र जनकपुर बोल्ट्सले सर्वाधिक ४ लाख २५ हजार रुपैयाँ खर्च गर्दै क्रमशः सुजन थपलिया र रित गौतमलाई टोलीमा भित्र्याएका छन्।
