'समावेशीताको नाममा फैलाएका विकृतिको अन्त्य गर्न सामूहिक हस्तक्षेप अपरिहार्य'
काठमाडौँ। निर्वाचन अभ्यास र समावेशीकरणसम्बन्धी एक अनुसन्धानले समावेशीताको नाममा फैलाइएका विकृतिको तत्काल अन्त्य गर्न सामूहिक हस्तक्षेप अपरिहार्य रहेको औँल्याएको छ। लोकतन्त्र स्थापनापछिका पाँच वटै निर्वाचन र तिनको परिणामको तथ्यांकीय विश्लेषण, राजनीतिक दलको व्यवहार र चुनावी अभ्यास तथा सामाजिक मान्यताहरूमा आधारित रहेर गरिएको अनुसन्धानले मूलतः संख्याको गणनामा सीमित प्रतिनिधित्वलाई समावेशीको रुपान्तरणकारी सुधारतर्फ मोड्नुपर्ने औँल्याएको छ।
