SHARE
Samata Press · मङगलबार २३ असार २०८३ ०७:२९ AM · 1 मिनेट पढाइ

जयवीर सिंह देउवालाई सात दिनभित्र हाजिर हुन सम्पत्ति शुद्धीकरण विभागको निर्देशन

काठमाडौँ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयबीरसिंह देउवालाई सात दिनभित्र विभागमा हाजिर हुन सार्वजनिक सूचना दिएको छ।  मंगलबारको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै विभागले ७ दिनभित्र देउवालाई विभागमा हाजिर हुन भनेको हो। 'सम्पत्ति शुद्धीकरणको कसुरको अनुसन्धानका सिलसिलामा तपाईंसँग केही कुरा बुझ्नुपर्ने भएकाले बाटोको म्याद बाहेक यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र ललितपुर, पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालयको बी ब्लकमा रहेको विभागको कार्यालयमा हाजिर हुन आउनुहुन सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम यो सूचना प्रकाशन गरिएको छ। म्यादभित्र हाजिर हुन नआएमा प्रचलित कानून बमोजिम हुनेछ,' विभागले भनेको छ।